चौबिस घण्टामा थपिए ९०० जना कोरोना संक्रमित, ४ जनाको मृत्यु


काठमाडौँ, ३ वैशाख। पछिल्लो चौविस घण्टामा देशभर थप ९ सय जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप चार जना संक्रमितको मृत्यु भएको छ । भने २ सय ८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५३७ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ८ सय ३६ जनाको र ६ सय २१ एन्टीजेन परीक्षणका क्रममा ६४ जना गरी थप ९ सय जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ रहेको छ । क्वारेनटिनमा ७७ जना रहेका छन् ।  देशभरका कोभिड अस्पतालका आइसीयूमा १ सय र भेन्टीलेरमा ३८ जना उपचाररत छन्  । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *