पछिल्लो २४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

280
Shares

काठमाडौँ, २ बैशाख। पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय ३४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । भने १ सय ५७ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १४५, ललितपुरमा ४३ र भक्तपुरमा ८ जना गरी १९६ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५८८ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ४ सय ९० जनाको र ५ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ४४ जना गरी थप ५ सय ३४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ । क्वारेनटिनमा ६८ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

नयाँ वर्षको दिन हिजो ६ सय ३ जनामा कोरोना पुष्टी भएको थियो । नेपालमा पछिल्लो दिनमा संक्रमणसंख्या दिनहुँ बढ्दो छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *