आयुर्वेद चिकित्सा परिषदमा अध्यक्ष, सदस्य र रजिष्ट्रार गरी आठ पदाधिकारीको नियुक्ति

काठमाडौँ, ३१ चैत ।  सरकारले आयुर्वेद चिकित्सा परिषद् नेपालको रिक्त पदाधिकारीहरुको नियुक्ति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीको सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले रिक्त सदस्य पदमा डा मुनकर्ण थापा, डा विकासराज घिमिरे, डा मिथिलेस कुमार साह, डा अभिषेक ताम्राकार, डा उमेशकुमार मेहता र डा रचना पौडेल कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । परिषदको रजिष्ट्रार पदमा भने डा निर्मल भुसाललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीका निजी सचिव प्रकाश अधिकारीले जानकारी दिए । सबै पदाधिकारीहरुको पदावधी चार बर्षको हुनेछ ।

नवनियुक्त अध्यक्ष ठाकुरले नियुक्तीपत्र बुझिसकेको बताए । उनले विहीबार पदवहाली गर्ने तयारी रहेको सुनाए । परिषद् गत १७ फागुन देखि पदाधिकारीविहीन थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *