कोभिडबिरुद्धको खोप ‘भेरोसेल’ भोलि देखि ४० बर्ष माथिका आम सर्वसाधारणलाई दिईदै

काठमाडौँ ३० चैत । सरकारले कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल अब ४० बर्ष देखि ५९ बर्ष उमेर समूहका लागि पनि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका लागि ३१ चैत २०७७ देखि ५ बैशाख २०७८ सम्ममा खोप दिइने जनाएको छ ।

यसअघि सरकारले २५ चैत देखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले भोलि ( मंगलबार) देखि ४० देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारणलाई भेरोसेल खोप दिइने निर्णय भएको बताए ।

उनले पहिले प्राथमिकतामा पारिएका समूहले पनि सो खोप लगाउन सक्ने स्पष्ट पारे ।

पहिले यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने बताएको थियो ।

यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप दिइने जनाएको थियो ।

यसैगरी महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्थाहरु र यसअघि खोप लगाउन छुट भएका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुले पनि यो खोप लगाउन सक्ने बताएको थियो ।

अहिलेसम्म यो खोप विभिन्न ७ वटा जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइदै आएको थियो । तर अब खोप केन्द्रहरु पनि बढ्न सक्ने डा गौतमले बताए । ‘भोलि देखि नै आम सर्वसाधारणले यो चालु अवस्थामा रहेका २३ वटा खोप केन्द्रमा पुगेर खोप लिन सक्नुहुनेछ । हामीले थप खोप केन्द्र पनि विस्तार गर्ने योजनामा छौँ । त्यसबारे पनि हामी छिटै नै जानकारी दिनेछौं’  उनले भने ।

कुन कुन हुन् २३ वटा खोप केन्द्र ?

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल मिनभनव
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल
१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर
१८. किष्ट मेडिकल कलेज ललितपुर
१९. आनन्दवन अस्पताल ललितपुर
२०. धुलिखेल अस्पताल काभ्रे
२१. त्रिशुली अस्पताल नुवाकोट
२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल रसुवा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *