बुटवल कोरोना विशेष अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु


रुपन्देही, ३० चैत । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना हुनुभएका उहाँमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *