नेपाल सोसाइटी अफ नेफ्रोलोजीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. क्षेत्री

काठमाडौँ, २८ चैत । मिर्गौला रोगको उपचार गर्ने  विशेषज्ञ डाक्टरहरुको संस्था नेपाल सोसाइटी अफ नेफ्रोलोजीमा अध्यक्षमा डा प्रमोदकुमार क्षेत्री निर्वाचित भएका छन् ।

शुक्रबार भएको साधारण सभाबाट नेपाल मेडिकल कलेज जोरपाटीका प्रिन्सिपल समेत रहेका डा क्षेत्री निर्वाचित भएका हुन् । साधारणसभाले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचन समितिका संयोजक डा ऋषिकुमार काफ्लेका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा डा दिव्या सिंह शाह, महासचिवमा डा रजनी हाडा, सहसचिवमा डा धिरज नारायण मानन्धर र कोषाध्यक्षमा डा महेशराज सिग्देल निर्वाचित भएका छन् ।

यसैगरी, कार्यकारी सदस्यहरुमा डा राजेन्द्र कुमार अग्रवाल, डा अरुण शर्मा, डा लक्ष्मण अधिकारी, डा कल्पना श्रेष्ठ, डा प्रकाश पौडेल, डा शैलेन्द्र श्रेष्ठ, डा मुकुन्द प्रसाद काफ्ले र डा अभिषेक मास्के निर्वाचित भएका हुन् ।

डा काफ्लेले नयाँ कार्यसमितिको सबै पद निर्विरोध निर्वाचित भएको बताए । उनले कार्यसमितिको कार्यकाल तीन बर्षको रहेको जानकारी दिए ।

नेपालमा नेफ्रोलोजिष्ट करीब ६० जना रहेको भएपनि सोसाइटीमा आवद्ध नेफ्रोलोजिष्टको संख्या ५३ जना रहेको डा काफ्लेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *