सीमा नाकामा एन्टीजेन परीक्षण ५२ जनामा कोरोना संक्रमण

148
Shares

काठमाडौँ, २७ चैत । भारतबाट फर्कदै गरेका ६०२ जना नेपालीको सिमा नाकाको हेल्थ डेस्कमा कोरोना परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौविस घण्टामा गड्डा चौकी हेल्थ डेस्क कञ्चनपुर, त्रिनगर हेल्थ डेस्क कञ्चनपुर र जमुनाहा हेल्थ डेस्क बाँकेमा गरिएको एन्टीजेन परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

गड्डाचौकीमा २१८ जनाको टेष्ट गरिएको थियो १० जनाको पोजेटिभ आयो । जमुनाहमा १० जनाको परीक्षण गरिएको १ जनाको पोजेटिभ आयो । यता त्रिनगर हेल्थ डेस्कमा ३७२ जनाको परीक्षण गर्दा ४१ जनामा पोजेटिभ आएको हो ।

नेपालले भारतमा संक्रमण बढेपछि गत ६ चैत देखि नाकाका हेल्थ डेस्कलाई सक्रिय बनाई एन्टीजेन विधिबाट सम्भावित संक्रमितको कोभिड १९ परीक्षण गर्न थालेको छ । त्यसयता अहिलेसम्म कुल ७ हजार ५६६ जनाको परीक्षण गर्दा ३२४ जना पोजेटिभ भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यता पछिल्लो चौविस घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गराउँदा २८८ जना संक्रमित फेला परेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *