कोरोनाको विषयमा नेपालका परराष्ट्रमन्त्रीले भारतीय समकक्षीसंग छलफल गर्दै

200
Shares

काठमाडौँ, २७ चैत । कोरोना संक्रमणको पछिल्लो अवस्था बारेमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच छलफल हुने भएको छ । आज अपरान्ह पौने चार बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमार्फत छलफल हुने भएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो साता तिब्र गतिमा बढेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विशेषत भारतमा देखिएको कोरोना संक्रमण र नेपालमा पनि त्यसको असर देखिन सक्ने अवस्थाका बारेमा छलफल हुने भएको हो ।

‘खुल्ला सिमा छ । भारतमा बढी रहेको छ । नेपालमा पनि त्यसको संकेत देखिन थालेको छ । यसलाई दुई देश मिलेर नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न जरुरी छ । त्यहि विषयमा आज छलफल हुँदैछ,’ स्रोतले भन्यो ।

छलफलमा नेपालले कोभिडबिरुद्धको खोपको बारेमा पनि कुरा उठाउन सक्ने बताइएको छ । नेपालले भारतको सेरम इस्टिच्युटसंग खरीद सम्झौँता गरेमध्ये १० लाख डोज खोप आउन ढिलाई भएको छ ।

त्यस्तै सेरमसंग थप ५० लाख डोज खरीद गर्ने योजना समेत बनाएको छ । तर भारत आफै संक्रमणको गम्भीर चपेटामा पर्दा नेपाल पठाउने भनिएको खोपमा ढिलाई भएको बताईदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *