२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २७ चैत । नेपालमा  कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ।

पछिल्लो समय विद्यार्थी तथा कम उमेरका व्यक्तिलाई कोरोना संक्रमण बढेपछि मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेकाले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताए ।

उनले २५ जनाभन्दा बढी भेला हुने क्षेत्र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थानहरु बन्द गर्न बुधबार नै सिसिएमसिलाई सिफारिस गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *