भारतमा कोरोना : विहीबार थपिए १ लाख ३१ हजार नयाँ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणले दिनहुँ आफ्नो रेकर्ड तोडेको छ । विहीबार एकै दिनमा देशभर थप १ लाख ३१ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् ।  विहीबार नै ८०२ जना संक्रमितको ज्यान गएको छ ।

यो भन्दा एक दिन पहिले अर्थात बुधबार १ लाख २६ हजार २६५ जनामा कोरोना देखिएको थियो । मंगलबार १ लाख १५ हजार र शनिबार १ लाख ४ हजार नयाँ संक्रमित फेला परेका थिए ।

यता राजधानी दिल्लीको सर गंगाराम अस्पतालमा ३७ डाक्टरमा कोरोना संक्रमण देखिएको छ । यी सबै डाक्टरले कोरोना बिरुद्धको खोप लगाइसकेका हुन् । यी मध्ये ३२ जना होम क्वारेन्टिनमा र ५ जना अस्पतालमा भर्ना भएका छन् ।

संक्रमण बढदै जाँदा उता दिल्लीकै एम्स अस्पतालले शनिबार देखि आकस्मिक सर्जरी मात्रै गर्ने बताएको छ । नियमित सर्जरी बन्द गरेको छ । यसअघि एम्सले विहीबारदेखि ओपिडी समेत बन्द गरेको थियो ।

उता केरलको मुख्य मन्त्री पिनराई विजयन र पूर्व मुख्यमन्त्री ओमान चंडीलाई पनि कोरोना पोजेटिभ देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *