चौविस घण्टामा देशभर थपिए ३३२ जना कोरोना संक्रमित

220
Shares


काठमाडौँ, २६ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ३२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा ७९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३९, भक्तपुरमा ७ र ललितपुरमा २२ जना गरी १६८ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर ३ सय ३२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ । क्वारेनटिनमा ७७ जना रहेका छन् । गएको चौबिस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *