विश्व स्वास्थ्य दिवसको अवसरमा मोर्डन टेक्निकल कलेजका विद्यार्थीद्धारा रक्तदान

काठमाडौँ, २५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा सानेपास्थित मोर्डन टेक्निकल कलेजले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्टार अस्पतालसंगको सहकार्यमा बुधबार भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा आम सर्वसाधारण गरी कुल १०७ जनाले रक्तदान गरेका थिए ।

उपत्यकाका ब्लड बैंकमा सामान्य अवस्थामा पनि रगत रगत पाउन मुस्किल छ । अझ पछिल्लो एक बर्ष देििखको कोरोनाको महामारीले रगत अभाव अझ बढाएको छ । त्यहि अभावलाई न्युनिकरण गर्न विद्यार्थीहरुको अगुवाईमा रक्तदान गरिएको कलेजका प्रिन्सिपल गोविन्द अकेलाले बताए । उनले आफ्ना कलेजका विद्यार्थीहरुले स्वास्थ्यका विषयमा टेवा पुर्‍याउन यस्ता रचनात्मक कार्यक्रम नियमित रुमपा गर्दै आएको बताए ।

कलेजका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले स्वास्थ्य सेवाका लागि केही गरौँ भन्ने विद्यार्थीहरुको चाहनाले यस्ता गतिविधिहरु भइरहेको भन्दै कोरोना महामारीमा रक्तदान कार्यक्रम गर्नु महत्वपूर्ण भएको बताए ।

कोभिड १९ को संक्रमणले सबै मान्छे घरभित्र बस्ने अवस्था आएकाले रगतको अभाव हुने भएका कारण स्वास्थ्य दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजकी विद्यार्थी मीना भट्टले बताइन् । ‘पहुँचवाला मान्छेले त सजिलै रगत पाऊलान् तर उपचार गर्न काठमाडौंमा आएका सामान्य मान्छेलाई आवश्यक परेको बेला रगत पाउन निकै कठिन छ । त्यही भएर हामीले यो कार्यक्रम आयोजना गरेका छौँ,’ उनले भनिन् ।

स्वास्थ्यक्षेत्रको विद्यार्थीको हैसियतले सामाजिक उत्तरदायित्व र समाजलाई केही सकारात्मक सन्देश दिन रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यार्थी कमल घर्ती मगरले बताए ।

यसअघि विश्व क्षयरोग दिवसको अवसरमा पनि त्यस कलेजका विद्यार्थीहरुले आम सर्वसाधारणलाई क्षयरोगबारे जनचेतना जगाउने उदेश्यले पोस्टर तथा पम्पलेट प्रदर्शनी गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *