सरकारले तोक्यो चिनियाँ खोप पाउने बर्ग र खोप केन्द्र (सूचीसहित)

काठमाडौँ, २४ चैत । सरकारले चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल लगाउने कार्यक्रम भोलि (बुधबार)बाट शुरु गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ ।

मन्त्रालयका अनुसार यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३  स्थानमा मात्रै दिइने छ ।

कस कसले लगाउन पाउने छ यो खोप ?
स्वाथ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी -होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने छन् ।

यस्तै महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्थाहरु र यसअघि खोप लगाउन छुट भएका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाइ पनि यो खोप दिईने निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए ।

कहाँ कहाँ गएर लगाउने खोप ?
महाशाखाले माथि उल्लेखित व्यक्तिहरुले तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने बताएको छ । खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र सहित जान भनेको छ ।

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल मिनभनव
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल
१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर
१८. किष्ट मेडिकल कलेज ललितपुर
१९. आनन्दवन अस्पताल ललितपुर
२०. धुलिखेल अस्पताल काभ्रे
२१. त्रिशुली अस्पताल नुवाकोट
२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल रसुवा

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *