भारतमा कोरोना संक्रमण : एकै दिन देखियो एक लाख बढी पोजेटिभ

228
Shares

एजेन्सी । भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड राखेको छ । आइतबार एकै दिन एक लाख बढी नयाँ संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार कुल १ लाख ३ हजार ७९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सो दिन ५२ हजार ८४० जना संक्रमित निको भएका छन् । सोही दिन कोरोनाबाट ४७७ जनाको मृत्यु भयो । यसअघि सबैभन्दा बढी १६ सेम्टेम्बर २०२० मा ९७ हजार ८६० जनाको संक्रमण भएको थियो । आइतबार सक्रिय संक्रमितको संख्या ५२ हजार ८४०ले बढेको छ ।

महाराष्ट्रमा एक दिनमा ५७ हजार बढी संक्रमण २२२ जनाको मृत्यु
भारतको पुरा देशभर कोरोना संक्रमण बढी रहेको छ । तर सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । पछिल्लो चौविस घण्टामा त्यहाँ ५७ हजार ५७ जनामा संक्रमण देखा परेको छ । सोही अवधीमा २२२ जनाको ज्यान गएको छ ।

दिल्लीमा एकै दिन चार हजार भन्दा बढी केश
उता देशको राजधानी दिल्लीमा एकै दिन ४ हजार बढी केश देखा परेको छ । दिल्लीमा आइतबार देखिएको केश गत ४ डिसेम्बर यताकै सबैभन्दा बढी हो । आइतबार त्यहाँ २१ जनाको मृत्यु भएको थियो ।

नयाँ संक्रमण एकैदिन बढी देखिने मामिलामा भारतले अमेरिका तथा ब्राजिललाई पछि पारेको छ । पछिल्ला दिनमा अमेरिकामा एक दिनमा ३७ हजार र ब्राजिलमा ३१ हजार केश भेटिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *