स्वास्थ्य अनुसन्धानलाई ४०० प्रतिशतले बजेट बढाउन माग

काठमाडौँ, १९ चैत ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आगामी आर्थिक बर्ष चालु आर्थिक बर्षमा भन्दा ४०० प्रतिशत बढी बजेट माग गरेको छ । चालु आर्थिक बर्षमा शुरुमा पाएको बजेट भन्दा करीब ११० प्रतिशत बढी बढाउन सफल भएको परिषदले स्वास्थ्य अनुसन्धानलाई नयाँ उचाईमा पु¥याउन भन्दै बजेट आकार ४०० प्रतिशतले बढाउने निर्णय गरेको हो ।

परिषदमा बुधबार बसेको बोर्ड बैठकले आगामी आर्थिक बर्षका लागि ७० करोड रुपैयाँको बजेटका लागि कार्यक्रमहरु पठाउने निर्णय गरेको कार्यकारी सदस्यसचिव डा प्रदिप ज्ञवालीले बताए । उनले स्वास्थ्य अनुसन्धान अहिलेको आवश्यकता भएको र त्यसलाई प्रभावकारी बनाउनका अहिलेको आकारले नपुग्ने भन्दै बढाएर पठाउने निर्णय भएको बताए । उनले गतवर्ष पनि शुरुमा उपलव्ध बजेटले नपुगेर बीचमा ११० प्रतिशत जति बजेट बढेको सुनाए ।

‘म आउँदा साढे ९ करोड हाराहारीमा बजेट थियो । म आएपछि त्यसको आकार २० करोड पुग्यो । अब आउँदो बर्ष त्यसलाई बढाएर ७० करोड बनाउने योजना छ,’ डा ज्ञवालीले भने ।

उनले अनुसन्धानका क्षेत्रमा थुप्रै कामहरु शुरु भएको र थुप्रै काम शुरु गर्न बाँकी नै रहेको समेत सुनाए । ‘त्यसका लागि बजेट भोल्युम बढाउनै पर्ने छ । अहिले हामीले त्यसैले मध्येनजर गरी संसोधित सिलिङ पठाउने निर्णय गरेका हौँ’  डा ज्ञवालीले भने ।

कोभिड – १९ को महामारीपछि परिषद्का कार्यहरुको विषयमा थप चर्चा सुरु भएको हो । परिषदले यसबीमा नियमित कार्यक्रम बाहेक कोभिडको सन्दर्भमा क्लिनिकल ट्रायल, जिन सिक्वेन्सिङ लगायतका कार्यहरु समेत अघि बढाईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *