फार्मेसी परिषद्का नयाँ पदाधिकारीले नियुक्ती पत्र बुझे

काठमाडौँ, १८ चैत । गत विहीबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल फार्मेसी परिषद्को विभिन्न पदमा जिम्मेवारी प्राप्त गरेका नयाँ पदाधिकारीहरुले नियुक्ती पत्र बुझेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी उनीहरुले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसंग पत्र बुझेका हुन् ।

नियुक्ति पत्र बुझेपनि पदवहाली भने गरिसकेका छैनन् । ‘पदवहाली सम्भवत भोलि (विहीबार) गर्छौैं होला,’ परिषद्का नव नियुक्त अध्यक्ष प्रज्वलजंग पाण्डेले भने ।

गत विहीबारको मन्त्रिपरिषद बैठकले परिषद्को अध्यक्षमा पाण्डे सहित सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवालीलाइ नियुक्त गर्ने निर्णय गरेको थियो । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *