नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्राडा गेहनाथ बराल नियुक्त

काठमाडौँ, १७ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्ष पदमा प्राडा गेहनाथ बराल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा बराललाई परिषद्को अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राडा बराल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट सेवा निबृत्त प्राध्यापक हुन् । उनी जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिलको प्रधान सम्पादक समेत बनेका थिए ।

यस्तै बैठकले एनएचआरसीको उपाध्यक्ष पदमा प्राडा गौरब ढकाललाई नियुक्त गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ढकाल बरिष्ठ अर्थोपेडिक सर्जन हुन् । उनी यसअघि एनएचआरसीकै इथिकल रिभ्यु बोर्डका सदस्य समेत थिए ।

यस्तै रिक्त सदस्य पदमा वीर अस्पतालका डेन्टल सर्जन प्राडा बन्दना खनाल, बुटवलका रेडियोलोजिष्ट अवधेश तिवारी, डा सन्तोष शाक्य इन्डोक्राइनोलोजिष्ट, आयुर्वेद अस्पताल कीर्तिपुरका डा रामआधार यादव रहेका छन् ।

एक जना सदस्य पद भने रिक्त राखिएको छ ।

यसअघिका काउन्सिल अध्यक्ष प्राडा अञ्जनीकुमार झा, उपाध्यक्ष डा भोजराज अधिकारी सहित अन्य सदस्यहरुको गत १७ फागुनमा चार बर्षे कार्यकाल सकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *