भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख डोज कोभिसिल्ड खोप उपहार

तस्बिर नेपाली सेना

काठमाडौँ, १६ चैत । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड -१९ बिरुद्धको खोप उपलव्ध गराएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुगेको हो । खोप काठमाडौँ आइपुगेपनि औपचारिक हस्तान्तरण कार्यक्रम केही दिनमा गर्ने नेपाली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् ।

भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदानमा उपलव्ध गराएको थियो । लगतै नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो, जसमध्ये १० लाख नेपाल आयो भने १० लाख आउन बाँकी छ ।

यता अहिले विहान मात्रै चीन सरकारले अनुदानमा उपलव्ध गराउने ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौँ आउँदै छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *