स्वास्थ्य मन्त्रालयले भन्यो, ‘होली खेल्न बाहिर ननिस्कनुस्’

काठमाडौँ, १५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको होली पर्व घरमै बसी परिवारका सदस्यसंग मनाउन आग्रह गरेको छ ।

घरबाहिर निस्केर भिडभाड गरी मनाउँदा कोरोनाको जोखिम पुन: बढ्ने खतरा रहेको भन्दै मन्त्रालयले परिवारका बीचमा मात्रै होली मनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको दर छिमेकतिर उकालो लागेको र त्यसको असर नेपालमा पनि देखिन सक्ने भन्दै अहिल्यै सचेत रहनुपर्ने बताए । उनले होलीमा घर बाहिर निस्केर भिडभाड गरेमा संक्रमण फैलनसक्ने खतरा बढी हुने बताए । ‘चाडपर्व मनाऔँ तर अहिलेको विशेष परिस्थितिमा स्वास्थ्यलाई ख्याल गरौँ र घरपरिवारका सदस्यबीच मनाऔँ । माया बाढौँ, कोरोना होइन,’ उनले भने ।

कोरोनाकै कारण गतवर्ष पनि होली घरमै सिमित गरिएको थियो । त्यसबेला देशमा लकडाउन थियो ।

यसपटक परिस्थिति केही बदलिएको भएपनि छिमेकी मुलुक भारतमा संक्रमणले उच्च विन्दुमा पुग्न थालेपछि नेपालमा पुन: सतर्कता अपनाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *