चौविस घण्टामा थपिए १५६ जना कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

224
Shares

काठमाडौँ, १३ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप चार जना संक्रमितको मृत्यु भएको छ । भने देशभरबाट थप ७० जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५५, भक्तपुरमा २ र ललितपुरमा ९ जना गरी उपत्यकामा ६६ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४१६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ५६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९९ रहेको छ । क्वारेनटिनमा ५२ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *