शिक्षण संस्थालाई स्वास्थ्यले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौँ, १२ चैत । शिक्षा मन्त्रालयले कोभिड – १९ को जोखिम पुन: बढ्न सक्ने भन्दै सबै प्रकारका शिक्षण संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड अनिवार्य रुपमा लागू गर्न निर्देशन दिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्ड साथै प्रदेश र स्थानीय तहबाट स्थान विषेशमा तय गरिएका थप मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ ।

यसैगरी सबै शिक्षण संस्थाहरुमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन समेत भनिएको छ ।

शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरुमा सभा, समारोह, बार्षिकउत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु नगर्न समेत भनेको छ ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । त्यहाँ संक्रमण बढ्दा नेपालमा समेत असर देखिन सक्ने भन्दै सरकारले सतर्कताका लागि तयारी थालेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *