पीजी तहको लाइसेन्स परीक्षा आगामी शुक्रबार, ३४ विषयमा ३३५ जना सहभागी हुँदै

836
Shares

काठमाडौँ, ११ चैत । नेपाल मेडिकल काउन्सिले आगामी शुक्रबार (१३ चैतमा) हुन लागेको चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी)को विशेष परीक्षाको तयारी पुरा भएको जनाएको छ । हरेक चार चार महिनाको अन्तरालमा हुने यो परीक्षा यसपटक पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुँदैछ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले यसपटकको परीक्षाका लागि विभिन्न ३४ विषयमा विज्ञता हासिल गरेका ३३५ जनाले सहभागिता जनाउने बताए । परीक्षा विहान ११ देखि १ बजेसम्मका लागि तय गरिएको छ ।

काउन्सिलले लाइसेन्स परीक्षाका लागि यसबर्ष देखि पुल्चोक इन्जिनियरिङ क्याम्पससंग सम्झौँता गरी कम्प्युटरमाध्यम लिने गरेको छ ।

काउन्सिलले बार्षिक रुपमा ४ ४ महिनाको अन्तरमा पोष्टग्राजुएट्स पीजी तह उत्तीर्ण गरेकाहरुका लागि विषेश परीक्षा र अन्डरग्राजुएट्सहरुका लागि नाम दर्ता प्रमाणपत्र परीक्षा लिने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *