चौविस घण्टामा देशभर थपिए १५० जना कोरोना संक्रमित, थप ३ जनाको मृत्यु


काठमाडौँ, ९ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५० जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ९९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५१, भक्तपुरमा ११ र ललितपुरमा २२ जना गरी उपत्यकामा ८४ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४ सय ७२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ५० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । क्वारेनटिनमा ५१ जना रहेका छन् । गएको चौबिस घण्टामा थप तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *