देशभर थपिए १२५ जना कोरोना संक्रमित, १२३ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, ६ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २५ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय २३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३०, भक्तपुरमा १० र ललितपुरमा ५ जना गरी उपत्यकामा ४५ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय १६१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ । क्वारेनटिनमा ५१ जना रहेका छन् । गएको चौबिस घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।


Facebook Comment


थप समाचार