काठमाडौँ उपत्यकामा ५९ सहित देशभर थपिए १०७ जना कोरोना संक्रमित


काठमाडौँ, ५ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५९ सहित देशभर थप १ सय ७ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६०जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४४, भक्तपुरमा ७ र ललितपुरमा ८ जना गरी उपत्यकामा ५९ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २ सय ५४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ । क्वारेनटिनमा ५२ जना रहेका छन् । गएको चौबिस घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *