राष्ट्रपति भण्डारीले कोभिडबिरुद्धको खोप आज लगाउने

काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह कोभिड – १९ बिरुद्धको खोप लगाउने भएकी छन् ।

राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाउने भएकी हुन् ।

आज दोस्रो प्राथमिकतामा परेकाहरुको पहिलो चरण खोप कार्यक्रम  शुरु भएको दश दिन पुगेको छ ।

सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप शुरु गरेको थियो । सो अन्तरगर्त ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन थालिएको थियो ।

२३ फागुनमै प्रधानमन्त्री केपी शर्मा ओली, उनका परिवार र मन्त्रिपरिषद्का अन्य सदस्यहरुले खोप लगाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *