नुनबहादुरको आँखामा के भएको होला ?

पाल्पा, २८ फागुन । नुनबहादुर ठाडा अहिले ८१ बर्षका भए । पूर्वखोला गाँउपालिका ३ हर्नाखोलीमा बसोबास गर्ने उनको बायाँ आँखामा ठूलो मासु पलाएको छ । जसको असरले आँखा बाहिर निस्किएको छ । यो समस्या उनको अहिले देखिएको भने होइन । जन्मेको एक महिना पछि नै समस्या देखिएको उनी बताउँछन् ।

‘जन्मेको एक महिना देखिनै मेरो आँखा बिग्रन थालेको हो रे । मैले जाने देखि नै यस्तै छ । मेरो जीवन यसैगरी नै चल्यो,’ ठाडा भन्छन् । उनले उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल देखि चितवनका विभिन्न अस्पताल पुगेको बताउँछन् ।

‘तर चिकित्सकले आँखाको सर्जरी गर्दा दुबै आँखाको ज्योति गुम्न सक्ने भन्दै सर्जरी गर्न मानेनन्,’ उनी सुनाउँछन् ।

नेपाल आँखा उपचारको क्षेत्रमा निकै नै प्रगति भएको मानिन्छ । तर नुनबहादुरको जस्तो समस्या समाधान गर्न नसकिने हो ? यस्तो समस्या के कारणले हुन्छ ? आँखा क्षेत्रका विज्ञहरुलाई प्रश्न !

के भन्छन् नुनबहादुर ? थप कुराकानी उनीबाटै

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *