नुनबहादुरको आँखामा के भएको होला ?

576
Shares

पाल्पा, २८ फागुन । नुनबहादुर ठाडा अहिले ८१ बर्षका भए । पूर्वखोला गाँउपालिका ३ हर्नाखोलीमा बसोबास गर्ने उनको बायाँ आँखामा ठूलो मासु पलाएको छ । जसको असरले आँखा बाहिर निस्किएको छ । यो समस्या उनको अहिले देखिएको भने होइन । जन्मेको एक महिना पछि नै समस्या देखिएको उनी बताउँछन् ।

‘जन्मेको एक महिना देखिनै मेरो आँखा बिग्रन थालेको हो रे । मैले जाने देखि नै यस्तै छ । मेरो जीवन यसैगरी नै चल्यो,’ ठाडा भन्छन् । उनले उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल देखि चितवनका विभिन्न अस्पताल पुगेको बताउँछन् ।

‘तर चिकित्सकले आँखाको सर्जरी गर्दा दुबै आँखाको ज्योति गुम्न सक्ने भन्दै सर्जरी गर्न मानेनन्,’ उनी सुनाउँछन् ।

नेपाल आँखा उपचारको क्षेत्रमा निकै नै प्रगति भएको मानिन्छ । तर नुनबहादुरको जस्तो समस्या समाधान गर्न नसकिने हो ? यस्तो समस्या के कारणले हुन्छ ? आँखा क्षेत्रका विज्ञहरुलाई प्रश्न !

के भन्छन् नुनबहादुर ? थप कुराकानी उनीबाटै

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *