गृहमन्त्री थापाले लगाए कोभिड-१९ बिरुद्धको खोप

काठमाडौँ, २३ फागुन । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । आज विहान बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुगी पहिलो डोज खोप कोभिसिल्ड लगाएका हुन् ।

सरकारले आजबाट दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको पहिलो चरण अन्तरगर्त ६५ बर्ष माथिका नागरिकलाई खोप शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउदैछन् ।

अन्य केही मन्त्री र यसअघि छुटेका सांसदहरुले समेत आज खोप लगाउने योजना रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *