देशभर थपिए ४७ जना कोरोना संक्रमित, ६२ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, २२ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ४७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ४७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ । क्वारेनटिनमा ५५जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।


Facebook Comment


थप समाचार