देशभर थपिए १२० जना कोरोना संक्रमित, ८३ जना डिस्चार्ज


काठमाडौँ, २१ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ८३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार १ सय ४३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय २० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ । क्वारेनटिनमा ५८ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *