फागुन २३ गतेदेखि कोरोना खोप लगाउन महानगरले तोक्यो १५ वटा केन्द्र


काठमाडौँ, १९ फागुन । यही फागुन २३ गतेदेखि समुदायस्तरमा सुरु गर्ने कोरोना बिरुद्धको खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकाले १५ वटा  खोप केन्द्र तोकेको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका ३२ वटै वडाका लागि खोप केन्द्र तोकिएको जानकारी दिएको हो।

फागुन २३ गतेबाट सुरु गरिने दोस्रो चरणको खोप कार्यक्रममा ५५ वर्षभन्दा माथिका नागरिक, निजी शिक्षण संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापक, कर्मचारीहरु,  सहयोगीहरु,  सार्वजनिक यातायातका चालक, सह–चालकहरुलाई खोप दिइनेछ ।

खोप लगाउनका लागि ५५ वर्षभन्दा माथिका उमेर समूहका उमेर खुल्ने फोटोसहितको परिचय (नागरिकता,मतदाता परिचय पत्र,सवारी चालक परिचय पत्र)चाहिनेछ, त्यसैगरी  महाविद्यालय विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारीहरूका लागि परिचय पत्र चाहिनेछ।

सार्वजनिक यातायातका चालक सहचालकहरूका लागि आफ्नो परिचय खुल्ने फोटोसहितको परिचयपत्र र सिफारिस पत्र चाहिनेछ।’ सो कार्यक्रम फागुन २८ गतेसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *