स्वास्थ्यमन्त्री त्रिपाठीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, १९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप लगाएका छन् ।

बुधबार बिहान १० बजेदेखि निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा सांसदहरूलाई खोप लगाउने कार्यक्रम सुरु भएको छ। सोही कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले खोप लगाएका हुन । खोप लगाइसकेपछि उनले आफू सुरक्षित रहेको महसुस गरेको प्रतिक्रिया दिदै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे ।  साथै उनले स्वास्थ्य मन्त्रालयले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको जानकरी दिए।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल(नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, सांसद पूर्णाकुमारी सुवेदीलगायतले पनि सुरुमै खोप लगाएका छन् ।

सचिवालयमा कार्यरत सबै कर्मचारी, संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकार र त्यससंग सम्वन्धीत सवारी चालक, सांसद तथा मन्त्रीका अंगरक्षकसहित लगायत खोप लगाउने छन् ।

खोप बुधबार देखि तीन दिन सम्म विहान १० देखि अपरान्ह ४ बजेसम्म निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाउने व्यवस्था मिलाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *