स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका पूर्वप्रधानमन्त्री भट्टराई आज फर्किँदै


काठमाडौँ, १८ फागुन । स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका  पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन् ।

स्वास्थ्य परीक्षण पूरा भएपछि डा भट्टराई आज नेपाल वायु सेवा निगमको विमानबाट नेपाल फर्किन लागेको उनको सचिवालयले जनाएको छ । उनी दिउँसो २ बजे दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले गत फागुन १० देखि यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

वायोप्सी, डीओटीओ एनओसी, ईयुएस, पेट सिटिस्क्यान लगायतका विभिन्न परीक्षण रिपोर्ट हेरेपछि चिकित्सकले भट्टराईमा देखिएको ट्युमरमा चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रियाद्वारा ट्युमरलाई फाल्न चिकित्सकले सुझाव दिएका छन् । डा भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *