भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाबिरुद्धको खोप

320
Shares

काठमाडौँ, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड -१९ बिरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमबार विहानै दिल्लीस्थित एम्म अस्पताल पुगेर उनले खोप लगाएका हुन् । आफूले खोप लगाएपछि मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा फोटो राख्दै आम सर्वसाधारणलाई खोप लिन अपिल समेत गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मैले एम्समा कोरोनाबिरुद्धको पहिलो डोज खोप लगाएँ । खुशीको कुरा, हाम्रा चिकित्न्सक तथा बैज्ञानिकहरुले कोरोनाबिरुद्धको विश्वव्यापी लडाईलाई थप बलियो बनाउन छोटो समयमा सम्झनायोग्य काम गरेका छन् । मलै ती सबै व्यक्तिहरुलाई अपिल गर्न चाहन्छु जो खोप लिनका लागि योग्य हुनुहुन्छ । खोप लगाउँ, हामी भारतलाई कोरोनामुक्त बनाऔँ ।’

भारतमा आजबाट दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

६० बर्ष उमेर माथिका समूह र गम्भीर रोगबाट पिडीत ४५ देखि ६० बर्ष उमेर समूहका व्यक्तिलाई पनि आजैबाट खोप दिईदै छ । त्यहाँ आजबाट सरकारीसंगै निजी अस्पतालमा समेत खोप लगाउने व्यवस्था मिलाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *