पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै

  • अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदै
  • - नेपाली हेल्थ

    झापा, १५ फागुन । विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ ।

    अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरी उदघाटनका लागि सबै तयारी पुरा भएको बताए ।  सो समारोहमा क्यान्सर रोगलाई जितेर सामान्य जीवनमा आई सामाजिक अभियानमा लागेकी प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको उपस्थिति रहने उनले जानकारी दिए ।

    अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ । कुल तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालका लागि ६०० करोड बढी लगानी भएको प्रसाईँले बताए ।

    बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै नमूना अस्पताल भएको बताए । क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले अब नेपालीले विदेश धाउनु नपर्ने उनले जानकारी दिए ।

    अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।


    Facebook Comment


    थप समाचार