स्वास्थ्यमा छ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा

7.5k
Shares

काठमाडौँ, १४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ६ जना उपसचिवहरुको पदस्थापन, जिम्मेवारी हेरफेर र सरुवामा परेका छन् । स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार केही नयाँ उपसचिवहरुको पदस्थापन, केहीको जिम्मेवारी हेरफेर र केही सरुवामा परेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडाको राष्टिय योजना आयोगमा सरुवा भएको छ । उनको ठाँउमा नयाँ उपसचिव बाबुराम घिमिरेको पदस्थापन भएको छ ।

यस्तै नीति योजनामा प्रकाश आचार्यको पदस्थापन भएको छ । त्यहाँ रहेका तारानाथ लुईटेललाई अन्यमा राखिएको छ । त्यहाँ यसअघि भवनाथ खतिवडा रहेका थिए ।

यस्तै आन्तरिक प्रशासन तर्फ भानुभक्त न्यौपानेलाई ल्याइएको छ । उनी यसअघि राष्टिय क्षयरोग केन्द्रमा थिए । आन्तरिकमा रहेका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा पठाइएको छ ।

यस्तै मन्त्रालयको जेसी एकाईमा रोशनी कार्की आएकी छन् । सो एकाईमा यसअघि रहेका ईश्वरी अर्याल बढुवा भएपछि सो पद खालि रहेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *