कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालले आज पत्रकार सम्मेलन गर्दै नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको जानकारी दिएको छ।
पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको थियो । अस्पतालका न्यूरो सर्जन डा राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।

डा. राजीव झाका अनुसार ‘उहाँ कोमामा हुनुहुन्थ्यो । श्वास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’ श्वास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । ‘उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

उनका अनुसार टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी)राखिएको र १३० एमएल पानी निस्किसकेको पनि बताए। उनको स्वास्थ्य अवस्था हाल स्थीर रहेको डा झाले बताए ।

सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *