कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ


कोपेनहेगन, १३ फागुन । कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ सुन्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यूरोप शाखाले बिहीबार बताएको छ ।

कोभिड–१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु विरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण बिषय भएको डब्लुएचओले बताएको हो ।

डब्लुएचओका यूरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले पत्रकार सम्मेलनमा भने, “यदि कोभिड–१९ सङ्क्रमणबाट निको भएका व्यक्तिबाट अनुभवहरूलाई सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्न सहज हुनेछ र यो निकै महत्वपूर्ण कुरा हो । यो हरेक स्वास्थ्यकर्मीका लागि मननीय तथ्य हो ।”    रासस एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *