मेवा खानुका ८ फाइदा

मेवा आँफैमा मिठो फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । र मेवा भिटमनि ए को प्रमुख स्रोत हो । साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पनि पर्याप्त पाइने भएकाले पेट तथा मुटु दुबैको  लागि लाभदायी हुन्छ ।

१. मेवा  बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।

२. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।

३. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।

४. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

५. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

६. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।

७. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

८. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *