यसबर्षको ‘राधा क्यान्सर सचेतना पुरस्कार’ पत्रकार केसीलाई प्रदान

180
Shares

कावासोती, १० फागुन ।  यसवर्षको राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व कवासोति -२ राधाचोकमा आइतबार आयोजित विशेष कार्यक्रममा पत्रकार केसीलाई २० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार प्रदान गर्न बरिष्ठ पत्रकार एवं विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठ कावासोती पुगेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले राधाले सल्काएको क्यान्सर र हिंसाबिरुद्धको दियोमा परिवारले तेल थप्ने काम गरेको भन्दै खुशी व्यक्त गरे । उनले क्यान्सर र हिंशाविरुद्ध आवाज उठाउने पत्रकारलाई हरेक बर्ष पुरस्किृत गर्नु त्यहि अभियानको थालनी भएको बताए ।

पुरस्कृत भएकी पत्रकार केसीले स्वर्गीय राधाले उठाएको आवाजलाई थप जिम्मेवार ढंगले अघि बढाउन प्रेरणा मिलेको र दायित्व थपिएको बताइन ।

फाउन्डेशनका अध्यक्ष रहेका स्वर्गीय राधाका भाई प्रकाश बस्यालले हिंसा र क्यान्सररोगसंग लड्दा लड्दै दिदीको प्राण गएको भन्दै उहाँको चाहना बमोजिम फाउन्डेशनको गतिविधिलाई अघि बढाइएको बताए । उनले आगामी वर्ष अझ परिस्कृत र परिमार्जनसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

कार्यक्रममा फाउन्डेशनका संरक्षक एवं स्वर्गीय राधाका पिता शुभराज शर्मा, काका फरसुराम शर्मा लगायतले स्वर्गीय राधा कसरी हिंसामा परिन, कसरी क्यान्सर रोगको पहिचान भयो, उपचारका प्रयासहरु कति गरिए भन्ने बारेमा जानकारी दिएका थिए ।

फाउन्डेशनले २ लाख राशीको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट हरेक बर्ष क्यान्सर र हिंसाबिरुद्ध समाचार लेख्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *