प्रेमसागरले गरे १६५ औँ पटक रक्तदान

काठमाडौँ, ८ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले १६५ औँ पटक रक्तदान गरेका छन् ।

झापाको विर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडले आयोजना भएको कार्यक्रममा पुगेर कर्माचार्यले रक्तदान गरेका हुन् । यो संगै उनले सबैभन्दा बढी पटक रक्तदान गर्ने आफ्नो तीन महिना अघिको रेडर्क भंग गरिदिएका छन् ।

सहकारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा जिल्ला सहकारी संगका अध्यक्ष गणेश ढकाल, नेपाल रेडक्रस बिर्तामोड शाखाका सभापति सजेश सिवाकोटीको सहभागीता थियो । कर्माचार्यको १६५ औँ पटकको रक्तदानलाई विशेष बनाउन उनीसहित १६५ जना रक्तदाताले रक्तदान गरे ।

सो अवसरमा बोल्दै कर्माचार्यले रक्त व्यवस्थापनमा सबैको सहभागिता प्रमुख हुने भन्दै विर्तामोडले देखाएको संक्रियताको प्रशंशा गरे । उनले नियमित रुपमा रक्तदान गर्न समेत आग्रह गरे ।

सो अवसरमा उनलाई सहकारीका तर्फबाट सार्वजनिक रुपमा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नबिन खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष यादब कुमार ओलीको स्वागत मन्तब्य र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सहसचिव एवं रक्त सञ्चार सेवा बिर्तामोडका सदस्य ओमप्रकाश लुइँटेलले धन्यवाद ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली प्रसाद प्रसाईले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *