स्टार अस्पतालमा एनआइसियु सेवा सुरु, जिआई सेन्टर पनि छिट्टै सुरु गरिने

204
Shares


काठमाडौँ, ७ फागुन ।  सानेपास्थित स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष(एनआइसियु) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको शुक्रबार उद्घाटन गरेका हुन् ।

मन्त्री त्रिपाठीले  एनआइसियु जस्तो अति संवेदनशिल विभाग शुभारम्भ गरेकोमा शुभकामना दिदै बेड अभावमा उपचार नपाउने समस्या कमी हुने बताए । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले आफ्नो अस्पतालको प्रयोगशाला ‘ख’ बर्गबाट ‘क’ बर्गमा  स्तरोन्नती भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको सेवा सुविधा विस्तार गर्दै लैजाने बताए ।

१४ वर्षदेखि सञ्चालित यस अस्पतालले सेटेलाइट अस्पतालका रुपमा  वागमती प्रदेशको नुवाकोट जिल्लामा पनि सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको डा. रुपाखेतीले जानकारी दिए ।

अस्पतालले पाचन प्रणाली सम्बन्धि उपचार केन्द्र स्थापना गर्ने तयारी गरेको छ । स्टार अस्पताल पीसीआर नमुना परीक्षण सुरु गर्ने पहिलो निजी अस्पताल पनि हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *