बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुग्यो

काठमाडौैँ, ७ फागुन । बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । बागमती प्रदेश सामााजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै हालसम्म १ हजार ४ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।
गएको चौबिस घण्टामा २ हजार ९ सय १८ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ५४ जना नयाँ सक्रमित थपिएका छन । यही अवधीमा ६८ जना निको भएका छन । भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७६ रहेको छ ।
त्यसैगरी हालसम्म संस्थातग आइसोलेसनमा ८ सय ८४, आइसीयूमा २७, भेन्टीलेटरमा ७ जना उपचाररत छन् । भने होम आइसोलेसनमा ३ सय ३२ जना रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



