‘निजी क्षेत्रले पनि कोभिडबिरुद्धको खोप ल्याउन सक्छ तर…..’

काठमाडौँ ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले निजी क्षेत्रलाई कोभिडबिरुद्धको खोप ल्याउन नरोक्ने बताएका छन् । तर उनले निजी क्षेत्रले ल्याएको खोप सरकारले खरीद नगर्ने स्पष्ट पारेका छन् । स्वास्थ्य मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा कोभिडबिरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई नरोकिएको स्पष्ट पारे ।

सरकारले आधारभूत तहका जनता र फ्रन्टलाइनरलाई निशुल्क खोप दिने निर्णय गरेको र सोही अनुसार नै खोप अभियान सञ्चालन गरेको भएपनि निजी क्षेत्रले चाहेमा खोप ल्याउन सक्ने बताए । उनले तर निजी क्षेत्रले खोप ल्याउँदा लाग्ने परल मूल्यमा १० प्रतिशत भन्दा बढी नाफा लिन नपाउने समेत स्पष्ट पारे ।

मन्त्री त्रिपाठीले भने, ‘कोही व्यक्ति हुनसक्छन्, निजी अस्पतालमा गएर खोप लगाउने, सरकारले लगाउने खोपका लागि लाइनमा बस्न नचाहने वा भनौ सुविधा खोज्ने, त्यस्ता व्यक्तिलाई लक्षित गरी सरकारी मापदण्ड पुरा गरी खोप ल्याएन पाइयो । तर त्यसरी ल्याएको खोप सरकारले किन्दैन् । निजी अस्पताललाई उपलव्ध गराएपनि सरकारले नै रेट तोकिदिन्छ । हामीले अहिले नै भनेका छौँ परल मुल्यको १० बढी मुनाफा गर्न पाइदैन् ।’

अहिले केही निजी सप्लायर्सहरुले कोभिडबिरुद्धको खोप ल्याउनका लागि औषधि व्यवस्था विभागमा निवेदन हालेका छन् ।

दुई साता भित्र भारतबाट थप खोप आइपुग्छ
यसैबीच स्वास्थ्य मन्त्री त्रिपाठीले सिरम इन्स्टिच्युट अफ इन्डियाबाट २ साता भित्र २० लाख डोज खोप आउने बताएका छन् । उनले सहुलियत दरमा उसले उपलव्ध गराउने भनेको खोप खरीदका लागि नेपाल सरकारले पैसा पठाइसकेको भन्दै खोप आउने बताएका हुन् ।

उनले विश्वसनीय भएको खोप नेपाली जनतालाई दिनु पर्छ भनेरै कोभिसिल्ड रोजेको भन्दै खोप कम्पनीको सर्त अनुसार पैसा पठाइएको स्पष्ट पारे ।
उनले निकै नै छिटै कोभ्याक्स फेसिलिटी र चीन सरकारले उपलव्ध गराउने अनुदानका खोप समेत आइपुग्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *