देशभर थपिए १२५ जना कोरोना संक्रमित, ९१ जना संक्रमणमुक्त


काठमाडौँ, ५ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ९१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६० जना थपिएका छन् । जसमा काठमाडौँमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जना गरी ६० जना थपिएका हुन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८ सय ३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख २७ हजार ७ सय ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । जसमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ । क्वारेनटिनमा ७२ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६१ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *