देशभर १०४ जना कोरोना संक्रमित थपिए, १३१ जना निको भए


काठमाडौँ, २ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ४ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ३१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौैँ उपत्यकाका तीन जिल्लामा ६१ जना थपिएका छन् । जसमा काठमाडौँमा ४७, ललितपुरमा १२ र भक्तपुरमा २ जना गरी ६१ जना थपिएका हुन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय १ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख १७ हजार ५० जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४ रहेको छ । क्वारेनटिनमा ७९ जना रहेका छन् । त्यसैगरी आइसीयूम ६१ र भेन्टीलेटरमा १५ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *