एपोलोमा भर्ना भए झलनाथ खनाल

काठमाडौँ, ३० माघ । स्वास्थ्य परीक्षण तथा उपचारका लागि भन्दै शुक्रबार विहान भारत प्रस्थान गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भएका छन् ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले शुक्रबार अपरान्ह अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

यसअघि उनी श्रीमतीको साथमा शुक्रबार विहान साढे ११ बजे नेपाल एयरलायन्सको नियमित उडानबाट त्यसतर्फ लागेका थिए ।

उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली प्रस्थान गरेका नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए। तर खनालको स्वास्थ्य समस्या के हो भन्ने बारेमा उनले खुलाएका छैनन् ।

यसअघि खनालमा मिर्गौला, प्रोस्टेट तथा थाइरोइड सम्वन्धी समस्या देखिएको थियो । १० बर्ष अघि उनको एपोलो अस्पतालमै उनको प्रोस्टेडको शल्यक्रिया गरिएको थियो ।

यस्तै छ बर्ष अघि उनको अमेरिकाको मेरिल्याण्डस्थित जोन हकिम्स अस्पतालमा पिसाव सम्वन्धी रोगकै शल्यक्रिया गरिएको थियो ।

दुई बर्ष अघि मात्रै चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

नेता खनाल आगामी सोमबार नेपाल फर्कने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *