आज ३२० जना पत्रकारले कोभिड-१९ बिरुद्धको खोप लगाए

388
Shares

काठमाडौँ, २७ माघ । पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप दिन शुरु गरिएको आज दोस्रो दिन उपत्यकाका ३२० जना पत्रकारले खोप लगाएका छन् । पत्रकारका लागि तोकिएको खोप केन्द्र नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर उनीहरुले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रिबहादुर खड्काले अपरान्ह विहान १० देखि अपरान्ह ४ बजेसम्म ३२० जना पत्रकारहरुले खोप लिएको जानकारी दिए ।

हिजो पहिलो दिन २२६ जना पत्रकारहरुले खोप लिएका थिए ।

यस्तै आज त्रिवि शिक्षण अस्पतालमा दुतावास तथा कुटनीतिक नियोगका गरी १७ जनाले खोप लगाएका छन् । शहीद गंगालाल हस्पिटलमा भने आज खोप लिन एक जना पनि नगएको खड्काले बताए ।

सरकारले कोरोना विरुद्धको खोप अभियान अन्तरगर्त पहिलो चरणमा फ्रन्टलाइन हेल्थ वर्कर र त्यससंग सम्वन्धीत कर्मचारीहरुलाई ११ दिन खोप दिएपछि सोमबारबाट पत्रकार, युएन एजेन्सीका कर्मचारी, कुटनीतिक नियोग र राजदूतावासका कर्मचारीलाई खोप दिन शुरु गरेको थियो । यो क्रम आगामी शुक्रबारसम्म चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *