काठमाडौँ उपत्यकामा ७९ सहित देशभर १६० जना कोरोना संक्रमित थपिए

  • थप १६५ जना संक्रमणमुक्त
  • - नेपाली हेल्थ


    काठमाडौँ, २७ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ७९ सहित देशभर थप १ सय ६०जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ६५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

    देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३ सय ९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

    नेपालमा हालसम्म कुल २१ लाख १ हजार ५९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।

    हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । आइसीयूमा ६४ र भेन्टीलेटरमा १५ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप २जना संक्रमितको मृत्यु भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।


    Facebook Comment


    थप समाचार